आजबाट नेपालीहरु युएई जान नपाउने — OSNepal

आजबाट नेपालीहरु युएई जान नपाउने

LC (KTM) May 11, 2021 0

दक्षिण एशियाली देशहरुमा कोरोना तिब्र रुपमा फैलिए पछि बिभिन्न खाडी तथा युरोपियन देशहरुले आफ्नो मुलुक प्रबेशमा रोक लगाएका छन् । युएई युनाइटेड अरब इमिरेट्सले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको छ ।

बुधबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाउने निर्णय भएको हो । अरबको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापनसम्बन्धी प्रधिकरणले आफ्नो वेबसाइटमार्फत प्रवेशमा रोक लगाएको जानकारी दिएको छ ।

यो संगै बिदामा आएका नेपालीहरु बिदेश जान नपाउने भएका छन् । उसले बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई समेत प्रवेशमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर