आज घट्यो सुनको मूल्य — OSNepal

आज घट्यो सुनको मूल्य

LC (KTM) March 20, 2022 0

काठमाडौँ-सुनको भाउ आईतबार छ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर