गोकुल बाँस्कोटा भन्छन् माधव नेपाललाई कारबाही होइन, गल्ति सुधार्ने अन्तिम मौका दिऊँ — OSNepal

गोकुल बाँस्कोटा भन्छन् माधव नेपाललाई कारबाही होइन, गल्ति सुधार्ने अन्तिम मौका दिऊँ

LC (KTM) May 11, 2021 0

काठमाडौं, बैशाख २८-पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई गल्ती सुधार्ने अन्तिम मौका दिनु पर्ने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाँस्कोटाले यस्तो बताएका हुन् ।
बाँस्कोटाले माधव नेपाललाई हतारमा कारबाही गर्नु भन्दा पनि गल्ति सुधार्ने अन्तिम मौका दिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन् ;‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन् त कोही कोही त,’ व्यंग्यात्मक शैलीमा बाँस्कोटाले माधव नेपाल पक्षलाई प्रश्न गर्दै भनेका छन्, ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त। के जित्यौर ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौ फुल चुपचाप पार्छ। माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या१’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर