वाग्मती प्रदेशसभाको बैठक आज, हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी — OSNepal

वाग्मती प्रदेशसभाको बैठक आज, हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

LC (KTM) March 22, 2022 0

काठमाडौं ८ चैत । वाग्मती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । लामो समय देखि एमालेको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ ।
बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने बुझिएको छ ।

साथे आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी समेत भएको बताइएको छ । प्रदेशसभाको बैठकबाट सदनमा रहेका विधेयकहरुको विषय टुङ्ग्याएर अधिवेशन अन्त्य गर्ने सरकारले योजना बनाएको हो ।

सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर