चौंथो पटक विशेष कारण देखाउँदै मधेश प्रदेशको प्रदेशसभाको बैठक स्थगित — OSNepal

चौंथो पटक विशेष कारण देखाउँदै मधेश प्रदेशको प्रदेशसभाको बैठक स्थगित

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । मधेश प्रदेशको आजको लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

अब अर्को बैडक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यो सँगै चौथो पटक प्रदेशसभाको बैठक स्थगित भएको छ ।

यस अघि फागुन १ गते नेकपा (-माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण बैठक स्थगन गरिएको थियो।

त्यसैगरी ,फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर