चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ , देशलाई उपलब्धि दिन सक्दैन : प्रदीप पौडेल — OSNepal

चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ , देशलाई उपलब्धि दिन सक्दैन : प्रदीप पौडेल

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी चुनावी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्ने बताएका उनले गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् ।

जनता र जनजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको बताएका उनले भनेका छन्, ‘चुनाव जित्न ओलीले गठबन्धन गर्नुभयो, जितेपछि उहाँ जति अस्थिर कोही भएन,‘त्यस्तो गठबन्धन गर्नुभएन। स्थिरताको पक्षमा देखिने गठबन्धन भने चाहिन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर