पल शाह पुर्पक्षका लागि जेल चलान भएकै दिन उनको प्रतिक्षित गीतको भिडियो बाहिरियो, हेर्नुहोस् भिडियो — OSNepal

पल शाह पुर्पक्षका लागि जेल चलान भएकै दिन उनको प्रतिक्षित गीतको भिडियो बाहिरियो, हेर्नुहोस् भिडियो

LC (KTM) March 24, 2022 0

काठमाडौँ । अभिनेता पल शाहको अभिनय रहेको झम्के साँझ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको झम्के साँझमा पललाई अभिनयमा सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत , स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।

भिडियोमा रोदी घरमा हुने भम्के साँझमा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर