आज महानायक राजेश हमालको जन्मदिन, जन्मदिनमा शुभकामना दिनेको ओइरो — OSNepal

आज महानायक राजेश हमालको जन्मदिन, जन्मदिनमा शुभकामना दिनेको ओइरो

LC (KTM) June 08, 2021 0

काठमाडौं-आज महानायक अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । ५४ बर्षमा प्रवेश गरेका छन् । परिवारको कान्छो सन्तानको रुपमा हमालले १९६४ जुन ९ मा माता रेणु हमालको कोखबाट जन्म लिएका हुन् ।जन्मदिनको दिन उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । २०४८ सालको ‘युगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका उनी नेपाली सिने जगतको दरिलो खम्बा हुन् ।

४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह गरेका राजेशले ‘सकुन्तला’ सिनेमामा अभिनय गरेपछि अर्को फिल्ममा देखा परेका छैनन् । यद्यपी म्युजिक भिडियोमा भने उनले अभिनय गरेका छन् ।

कुनै समय हमालको टाउको मात्र पोस्टरमा राखिदिए हलमा दर्शकको लाम लाग्ने गर्थ्यो । सिनेमा क्षेत्रमा तीन दशक अभिनय गरेका हमालको जोडी कृष्टि मैनाली, करिश्मा मानन्धर, निरुता सिंह हुँदै रेखा थापासँग समेत जम्यो । लामोसमय पछी ठुलो पर्दामा कमब्याक गर्ने तयारी गरेका उनी चाँडैनै प्रोडक्सनबाट आउने तर्खर रहेको केही समय अघि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर