घनश्याम भुसाललाई लक्षित गर्दै थापाले भने- अर्थहीन वाम एकताको पक्षमा गफ तथ्यहीन भ्रान्तिपूर्ण मात्र — OSNepal

घनश्याम भुसाललाई लक्षित गर्दै थापाले भने- अर्थहीन वाम एकताको पक्षमा गफ तथ्यहीन भ्रान्तिपूर्ण मात्र

LC (KTM) March 26, 2022 0

काठमाडौ १२ चैत । नेकपा एमालेका नेता सुर्य थापाले एमाले आफ्नो सामथ्र्यमा सम्पुर्ण रुपमा एकतावद्ध भएर निर्वाचन केन्द्रित भएको बताएका छन् ।

नेता थापाले नेकपा एमाले पोलिटव्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै यस्तो बताएका हुन् । बैठकमा केहि नेताले राखेको अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलिएको बताएका छन् ।

पार्टीको पोलिटव्युरो बैठकमा नेता घनश्याम भुसालले वाम एकता गर्नु बताएका थिए । जसको खण्डन नेता थापाले सामाजिक सञ्जाल मार्फत गरेका हुन् ।

उनले भनेका छन्, ‘नेकपा एमाले पोलिटब्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएका छन् । विगतमा भन्दा बैठकको तयारी सुव्यवस्थित रह्यो । एजेन्डा र प्रस्ताव प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया पनि फरक रह्यो । पोलिटव्युरोमा एजेन्डा पारित गर्दा केहीले राखेको नहुने र अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो ‘!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर