सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐन बहादुर चन्द कि विरेन्द्र रावत ?कसले मार्ला बाजी ? — OSNepal

सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐन बहादुर चन्द कि विरेन्द्र रावत ?कसले मार्ला बाजी ?

LC (KTM) March 26, 2022 0

सुर्खेत – सरकारले स्थानीय तहको मिति घोषणा गरेसङै राजनैतिक दलहरू निर्वाचन केन्द्रित हुन थालेका छन् ।

सुर्खेतमा पनि स्थानीय तहको निर्वाचनलाई लिएर राजनैतिक दलहरूको दौडधुप देखिन्छ । पार्टी प्रवेश कार्यक्रमहरु दिनहुँ भैरहेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै गरेको बेला नेकपा माओवाद केन्द्रमा सांसद ठम्मर विष्टले एमाले प्रवेश गरेसङै सुर्खेतको राजनीति तातिरहेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ९ मध्य ६ नेपाली काङ्ग्रेसले जितेको थियो । काङ्ग्रेस अघिल्लो निर्वाचनको जस्तै पुनः बहुमत स्थानीय तहमा जित निकाल्ने दाउमा छ भने नेकपा एमाले काङ्ग्रेसलाई रोक्न शक्ति खर्च गरिरहेको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकालाई काङ्ग्रेसले रेड बेल्टको रूपमा हेर्दै आएको छ । सिम्ता गाउँपालिकामा नेकपा एमालेको प्रभुत्व छ । अघिल्लो पटक भएको निर्वाचनमा एमालेका कबिन्द्र केसिले काङ्ग्रेसका खड्क पोखरेललाई पराजित गरेका थिए ।

खड्क पोखरेल हाल नेपाली काङ्ग्रेस सुर्खेत जिल्लाका सभापति छन् भने कबिन्द्र केसि एमालेको जिल्ला कमिटी सचीव छन् । विकसित राजनैतिक घटनाक्रमालाई हेर्दा अघिल्लो पटक प्रतिस्पर्धामा उत्रिएका केसि र पोखरेल यसपाली गाउँपालिकमा चुनाव लड्न सम्भावना छैन ।

सिम्ता गाउँपालिकाको अध्यक्षमा एमाले बाट ऐन बहादुर चन्द निर्वाचन लडे सहजै जित निकाल्न सकिने निष्कर्षमा एमालेको प्रदेश नेतृत्व देखिन्छ । यामलाल कडेल निकट मानिने चन्दलाई सुर्खेतको राजनीतिमा निष्ठावान र त्यागी नेताको रूपमा चिनिन्छ । ऊनी पार्टी प्रति प्रतिबद्ध नेता हुन् । एमालेले चन्दलाई उम्मेदवार उठाए निर्वाचन जित्न मुस्किल हुने काङ्ग्रेस नेताहरू बताउने गर्छन् ।

काङ्ग्रेस बाट गाउँपालिकामा बिरेन्द्र रावत निर्वाचन लड्ने आकलन गरिएको छ । बिरेन्द्र रावत नेपाली काङ्ग्रेस सिम्ता गाउँ कार्यसमितिको सभापति हुन् । ऊनी पेशाले शिक्षक थिए , शिक्षण पेशमा रहदा खेताला शिक्षक राखेर राजनीतिमा सक्रिय भएको आरोप लागेपछि शिक्षण पेशा छोडेर राजनीतिमा लागेका थिए।
रावत काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्का निकट भएका कारण टिकट पाउन मुस्किल छैन ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चन्द वा रावत कस्ले बाजि मार्ला भनेर स्थानीय स्तरमा चासोका साथ छलफल भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर