परराष्ट्रमन्त्री डा नारायण खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाँदै — OSNepal

परराष्ट्रमन्त्री डा नारायण खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाँदै

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । परराष्ट्रमन्त्री डा नारायण खड्का ९बिमस्टेक० सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी परराष्ट्रमन्त्री खड्का श्रीलंका जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी खड्का चैत १४ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । गत चैत १५ गते कोलम्बोमा बिमस्टेक मन्त्रीस्तरीय बैठक हुने भएको छ ।

साथै, बिमस्टेकको साइडलाइनमा खड्काले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ ।

१४ गते त्यस तर्फ प्रस्थान गर्ने खड्का १९ गते स्वेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर