नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको प्रकाशमानको आरोप — OSNepal

नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको प्रकाशमानको आरोप

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठवन्धनको विरोध गर्नेहरुलाई वास्तविकता नबिर्सन आग्रह गरेका छन् ।
शनिबार बानेश्वरमा आयोजित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

नेपालका कम्युनिस्टहरूको द्वेध चरित्रका कारण मुलुकमा अस्थिरता निम्तिएको आरोप लगाएका उनले कांग्रेस मात्रै स्पष्ट अडानवाला पार्टी भएको उक्त कार्यक्रममा दावी समेत गरेका छन् ।

‘कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्म हरेक राजनीतिक आन्दोलन सफल भएको हो ।’ उनले भने । कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन आग्रह गर्दै गठवन्धनको विरोध नगर्न आग्रह समेत गरेका छन् ।

‘सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त हुन्छ । ‘ उनले अघि भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर