गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने — OSNepal

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

LC (KTM) June 08, 2021 0

पोखरा । २५ जेठ । संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

एक महिना अगाडी बैशाख २७ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले सपथ लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले २७ गते विश्वाको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनु भन्दा दुई अगाडी संसद सचिवालयमा जानकारी गर्नुपर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको पत्र सचिवालयमा पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर