कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व बढ्दैन : अध्यक्ष ओली — OSNepal

कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व बढ्दैन : अध्यक्ष ओली

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । प्रतीपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्ने बताएका छन् ।

उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने बताएका हुन् ।

उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता भएको बताएका उनले भनेका छन्, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्‍र्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्‍र्यो ।’

सम्बोधनमा अध्यक्ष अ‍ोलीले मुलुकको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने जोड दिएका छन् । ‘कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन पनि हुँदैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर