एमालेसँग प्रतिस्पर्धा गर्न कुनै दलले सक्दैन, ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको ओलीको जिकिर — OSNepal

एमालेसँग प्रतिस्पर्धा गर्न कुनै दलले सक्दैन, ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको ओलीको जिकिर

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अन्य दलसँग केहि एजेण्डा नभएको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी विशेष जिल्ला कमिटी अधिवशेनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो जिकिर गरेका हुन् ।

एमालेसँग अन्य कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका ओलीले सम्बोधनमा भने , ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’

अन्य दलमा क्षमता शुन्य रहेको भन्दै टिप्पणी गरेका उनले भने , ‘एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा छैन खाली उमालेको एजेण्डा भण्डाफोर गर्न तिर लागेका छन् ।, ‘जनकपुर–रेल किन चलायाँै भन्ने होला । नेपालमा किन रेल कुदायौं भन्ने होला रु पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ’?

सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरेका उनले ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको ओलीले जिकिर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर