पार्टीलाई खरानी बनाई माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने नेपाल समुहको छलाङकारी यात्रा आज उपरान्त कसैले अवरोध नगरोस् — OSNepal

पार्टीलाई खरानी बनाई माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने नेपाल समुहको छलाङकारी यात्रा आज उपरान्त कसैले अवरोध नगरोस्

LC (KTM) June 08, 2021 0

काठमाडौँ २६ जेठ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल समुहलाई लक्षित गर्दै एमालेको खरानी समुहले पार्टी एकताको ठोस आधार आज सुदुरपश्चिमा गरेको आलोचना गरेका छन् । माओवादी सरकारलाई जोगाउन नेपाल समुहले काँध थापेपछि मुख्यमन्त्री त्रिलोच भट्टको सरकार जोगिएको थियो । नेता बाँस्कोटाले यहि विषयलाई लिएर पार्टी एकताको कुरा गर्दै हिड्ने नेपाल सुमहलाई खरानी सममुहको संज्ञा दिएका हुन् ।

टवीटर मार्फत व्यग्ंय गर्दै बाँस्कोटाले भनेका छन् , विधि,पद्दति,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना !!

उनले भनेका छन्,”विधि,पद्दति,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर