आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन :महेश बस्नेत — OSNepal

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन :महेश बस्नेत

LC (KTM) March 26, 2022 0

पर्वत १२ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत पुगेका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताए ।

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए ।

निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर