प्रदेश-१ को नाम प्रधानमन्त्री ओलीका कारण रोकियो — OSNepal

प्रदेश-१ को नाम प्रधानमन्त्री ओलीका कारण रोकियो

LC (KTM) June 08, 2021 0

विराटनग र २६ जेठ । प्रधानमन्त्री केपी ओलीमाथि प्रदेश एक को नाम राख्न रोकेको आरोप लागेको छ । प्रदेश एकको आठौँ तथा बजेट अधिवेशनको आज मंगलबार बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ संसदीय दलका नेता इन्द्र आङ्बोले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईले ओलीका राख्न खोजेको नाममा आफुहरुले तत्काल विरोध जनाएपछि राईले उक्त विषयमा छलफलमा ल्याउन नखोजेको समेत आङबोले बताए । प्रदेश एक नामको विषयमा दलहरुसँग छलफल गर्ने भने पनि राईले आजको दिनसम्म पनि यस विषयमा छलफल नगरेको आरोप लगाइएको छ ।

“त्यही भएर नामांकन नभएको हो । उहाँले नाम नराख्न जबर्जस्ती गर्न खोज्ने र सर्त राख्नुहुन्छ, त्यो हिसाबले प्रदेश–१ को नामांकन हुनै सक्दैन ।”आङ्बोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर