नेपालीका सान आर्थर गन अर्थात दिबेश पोखरेल एकाएक कसरी बाहिरिन पुगे ? अमेरिकन आईडलको उपाधी जित्ने सपना यसपटक पनि अधुरै — OSNepal

नेपालीका सान आर्थर गन अर्थात दिबेश पोखरेल एकाएक कसरी बाहिरिन पुगे ? अमेरिकन आईडलको उपाधी जित्ने सपना यसपटक पनि अधुरै

LC (KTM) May 11, 2021 0

आर्थर गन अर्थात दिबेश पोखरेलको अमेरिकन आईडलको उपाधी जित्ने सपना अधुरै बनेको छ । उनी यसपाली टप सेभेन बाटै बाहिरिए संगै उपाधी जित्ने सपना अधुरो बनेको हो ।

टप सेभेन बाट टप फाईभ सेलेक्सन हुनुपर्ने शो को नियम थियो । तर अघिल्लो पटक रनर अप बनेका उनी टप फाईभमा समेत अटाउन सकेनन् । उनी संगै अर्का प्रतिष्पर्धी पनि बाहिरीएका हुन् ।

सोमबार सार्वजनिक भएको भोटिङको नतिजामा दर्शकको साथ नपाएपछि उपाधी जित्ने सपना अधुरै छोड्दै शो बाट आर्थर गन बाहिरीनु परेको हो ।

अघिल्लो सिजन रनर अप बनेका उनले कोरोनाको महामारीका कारण उपयुक्त प्लाटफर्म नपाएको भन्दै आयोजकले उनलाई यसपटक मौका दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर