गठवन्धन नगर्ने भन्दै आएका शेखरलाई देउवाको जवाफ : ओली र प्रचण्ड मिल्दा आफुले हारेको बिर्सिनुभो — OSNepal

गठवन्धन नगर्ने भन्दै आएका शेखरलाई देउवाको जवाफ : ओली र प्रचण्ड मिल्दा आफुले हारेको बिर्सिनुभो

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादी मिल्दा कांग्रेस नेता शेखर कोइरालाले चुनाव हारेको स्मरण गराएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका देउवाले एकै मञ्चमा भएका कोइरालालाई स्मरण गराएका हुन् ।

कोइरालाले गुटउपगुटलाई मिलाएर जाने र गठवन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको बताएपछि देउवाले उनलाई स्मरण गराएका हुन् । ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि ?,’ भनेका देउवाले कोइरालालाई भने,’उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिउँ के भयो र’

साथै उनले प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै गर्दा आफुलाई जहाँ सजिलो लाग्ट त्यही मिलिदिन्छन् अनि यो पनि त बुझ्नुपर्यो नि भन्दै कोइरालालाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर