सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरे आक्रमण, घटनाका दोषीमाथि कडा कारबाही गरियोस् भन्दै जसपाले निकाल्यो विज्ञप्ती — OSNepal

सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरे आक्रमण, घटनाका दोषीमाथि कडा कारबाही गरियोस् भन्दै जसपाले निकाल्यो विज्ञप्ती

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि भएको आक्रमण प्रति भत्र्सना गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा ९एमाले०का कार्यकर्ताले आक्रमण गरेको भन्दै जसपाले भर्त्सना गरेको हो । आक्रमण परी साहको टाउको फुटेको छ ।
केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले आज एक विज्ञप्ती नै निकालेर घटनाका दोषीमाथि कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग गरेको छ ।

‘पार्टी कामको सिलसिलामा गृहजिल्ला पुग्नुभएका साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाई उहाँलगायत दर्जनौँ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ,नेकपा (एमाले)ले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुनेछ । ‘ विज्ञप्तीमा भनिएको छ ।

घाइतेहरूको उचित स्वास्थ्योपचारको व्यवस्था मिलाउन पनि जसपाले सरकारसँग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर