लागुऔषध सहित २१ वर्षिय संजिव र उनका साथी विप्लव पक्राउ — OSNepal

लागुऔषध सहित २१ वर्षिय संजिव र उनका साथी विप्लव पक्राउ

LC (KTM) June 08, 2021 0

महोत्तरी २५ जेठ । लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षिय संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षिय विप्लव बराल रहेका छन् ।

जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा इलाकामा ज ११ प २१६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुमाथि संका लागेर चेकजाँच गर्दा लागु औषध फेला परेको पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका दुवैजनालाई नेपाल प्रहरीलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर