आरआरआर हेर्न थिएटर पुगिन् रामचरणकी श्रीमती, पर्दामा श्रीमानलाई देखेर खुसी भइन्, भिडियो भयो भाइरल — OSNepal

आरआरआर हेर्न थिएटर पुगिन् रामचरणकी श्रीमती, पर्दामा श्रीमानलाई देखेर खुसी भइन्, भिडियो भयो भाइरल

LC (KTM) March 27, 2022 0

एसएस राजामौली निर्देशित आरआरआरले सोचेभन्दा राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्म रिलिज हुनेबित्तिकै राम्रो कमाई गर्न सुरु गरेको छ । थिएटरहरूमा आरआरआर को दबदबा देखिएको छ। जुनियर एनटीआर र रामचरणको जोडीलाई पर्दामा सँगै देख्दा फ्यानहरुको खुसीले सिमा नाघेको छ । फ्यानले उनीहरु लाई भरपुर माया दिई रहेका छन् ।

अब सिनेमा हलबाट रामचरणकी श्रीमतीको प्रतिक्रिया पनि आएको छ । आरआरआर रिलिज भए संगै अभिनेता राम चरण पत्नी उपासना कामिनेनीसँग फिल्म हेर्न थिएटर पुगे। रामचरणले यसअघि नै उत्कृष्ट फिल्मको हिस्सा बनेर दर्शकलाई ठूलो उपहार दिएका थिए । यसपछि श्रीमती उपासना कामिनेनीसँगै थिएटरमा पुग्नु लाभदायक बन्यो । रामचरण पुग्नेबित्तिकै फ्यानहरूले उनलाई ताली र सिट्टीले स्वागत गरे।

रामचरणप्रति फ्यानको यो माया र उत्साह देखेर उपासना कामिनेनीले पनि उनलाई साथ दिने सोचिन् । त्यही भएर उनले थिएटरमा दर्शकसँगै आफ्ना श्रीमान् रामचरणलाई चियर गर्न थालिन् । उपासना मानिसको क्यामेरामा कैद भईन् र उनको फनी भिडियो भाइरल हुन पुग्यो । रामचरण आरआरआरको बारेमा जति उत्साहित थिए। उनका पिता चिरञ्जीवी उनीभन्दा धेरै गुणा बढी खुशी थिए । आरआरआर हेरेपछि चिरञ्जीवीले फिल्मको तारिफ गर्दै ट्वीट पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर