पहिलो फिल्म आउनुअघि नै सुहाना खानले हद पार गरिन्, यस्तो पहिरनमा फोटो खिचाए पछि हंगामा मच्चियो — OSNepal

पहिलो फिल्म आउनुअघि नै सुहाना खानले हद पार गरिन्, यस्तो पहिरनमा फोटो खिचाए पछि हंगामा मच्चियो

LC (KTM) March 27, 2022 0

बलिउडका किंग खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग आफ्ना सुन्दर तस्विर र भिडियो शेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाउने गरेका छन् । सुहाना अहिले आफ्नो पोस्टका कारण नभई बलिउडमा प्रवेशका कारण चर्चामा छिन् ।

उनको फिल्मका धेरै तस्विरहरु पनि इन्टरनेटमा भाइरल छन् । यसैबीच हालै उनको एउटा बोल्ड फोटोसुट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । पछिल्लो तस्विर सुहानाले आफ्नो आधिकारिक इन्स्टाग्राम खाताबाट शेयर गरेकि छैनन् । तर, उनका तस्बिरहरू अहिले मानिसमा चर्चाको विषय बनेका छन् ।

जसमा सुहानाले कालो कलरको ब्याकलेस ड्रेस लगाएकी छिन् । सुहानाले न्यूड मेकअप र स्टेटमेन्ट इयररिङ्स लगाएर आफ्नो लुक पूरा गरेकि छिन् । उनको लुकमा निकै बोल्ड देखिन्छ । जसलाई फ्यानहरुले निकै मन पराएका छन् । टिप्पणीहरूको वर्षा पनि भइरहेको छ। जहाँ केहीले हार्ट र फायर इमोजी सेयर गरेर प्रतिक्रिया दिएका छन् ।

योसँगै उनको तस्विरमा ‘हट’, ‘गोर्जियस’, ‘स्टनिङ’, ‘अमेजिङ’, ‘बोल्डनेस ओभरलोड’ जस्ता धेरैले कमेन्ट गरेका छन् । उल्लेखनीय कुरा के छ भने सुहाना खानको बोल्ड तस्विर सामाजिक सञ्जालमा भाइरल भएको यो पहिलो पटक भने होइन । तर, यसका बावजुद यो लुकलाई मानिसहरुले निकै रुचाइरहेका छन् । सुहाना खान न्युयोर्क विश्वविद्यालयको टिच स्कूल अफ आर्ट्समा अध्ययनरत छिन् । तर, अहिले उनी आफ्नो फिल्मका लागि भारत आएकी छिन् ।

उनको डेब्यु फिल्मको सुटिङ पनि सुरु भएको छ । सुहाना खान फिल्म ‘द अर्काइस’ मा देखिने छिन् । उनीसँगै अन्य स्टार किड्स पनि डेब्यु गर्न लागेका छन् । जसमा श्वेता बच्चन नन्दका छोरा अगस्त्य नंदा र जान्हवी कपूरकी बहिनी खुशी कपूरको नाम पनि समावेश छ । उनको यो फिल्म जोया अख्तरले निर्देशन गर्दैछिन् । जसका लागि उनका फ्यानहरु निकै उत्साहित छन् । उनी सामाजिक सञ्जालमा प्रायः आफ्नो रोमाञ्चक अभिव्यक्ति दिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर