आरआरआर पछि धुम मच्चाउँदै केजिएफ च्याप्टर २ , रिलिज भयो ट्रेलर — OSNepal

आरआरआर पछि धुम मच्चाउँदै केजिएफ च्याप्टर २ , रिलिज भयो ट्रेलर

LC (KTM) March 27, 2022 0

यतिबेला साउथ मुभिहरुले माहोल तताएका छन् । अल्लु अर्जुनको पुष्पा देखी लिएर रामचरण र जुनियर एनटीआरको आरआरआर सम्म आइपुग्दा ब्यवसायिक रुपमा सफल मानिए भने उत्तिकै रुचाईयो पनि । यसैमध्ये एकदमै चर्चामा रहेको साउथका सुपरस्टार यश स्टारर् ‘केजीएफ च्याप्टर–२’को अफिसियल ट्रेलर रिलिज भएको छ ।

आइतबार भारतको बैंगलुरुमा आयोजित एक भव्य कार्यक्रममा निर्माण टिमले कन्नडा, हिन्दी, तेलुगु, तमिल र मलायालम गरी पाँच वटा भाषामा ‘केजीएफ च्याप्टर–२’को ट्रेलर सार्वजनिक गरेको हो । यस फिल्ममा अभिनेता यश, सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डन, प्रकाशराज, माल्भिका अभिनाश, अच्युत कुमार, आयाप्पा पी शर्मा, राव रमेश, ईश्वरी राव, अर्चना जोइस, टीएस नागाभारना, सरन, अभिनाश, भशिष्टा सिम्हा, हरिश राईलगायतको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई प्रशान्थ नीलले लेखन तथा निर्देशन गरेका हुन् । रितेश शिद्वानी, फर्रान अख्तार र एए फिल्म्सले प्रस्तुत गरेका ‘केजीएफ च्याप्टर–२’लाई विजय किरागन्दुरले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर