चर्चित गायक सोनु निगम फेरी विबादमा तानिए, विबादमा नै तानिएका बेला दिए यस्तो कडा जवाफ — OSNepal

चर्चित गायक सोनु निगम फेरी विबादमा तानिए, विबादमा नै तानिएका बेला दिए यस्तो कडा जवाफ

LC (KTM) May 11, 2021 0

भारतमा कोरोनाको महामारीको दोस्रो लहरले हाहाकार मच्चाईरहेको छ । स्वास्थ्य सेवा सुबिधाको अभावका कारण प्रत्येक दिन हजारौले ज्यान गुमाईरहेका छन् ।

यस्तो परिस्थितीलाई मध्यनजर गर्दै बलिउडका फिल्म स्टारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । हालै प्रख्यात गायक सोनु निगमले मुम्बईको जुहुमा फाउण्डेशनद्धारा आयोजीत रक्तदान कार्यक्रम उद्घाटन गरे ।

त्यहि मौकामा उनले रगत समेत दान गरेका थिए । यस लगत्तै उनी ट्रोलको शिकार बने । उनले ट्रोल बनाउनेहरुका लागि मुखभरीको जवाफ दिएका छन् ।

यो कारण बने सोनु ट्रोलको शिकार

जब रक्तदान गरेका थिए सोनु तब उनले सामाजिक सञ्जालमा भिडियो तथा फोटो शेयर गरेका थिए । जसमाथी दर्शकले आफ्ना प्रतिक्रिया जनाई रहेका थिए । ट्रोल हुनुको पछाडि एउटै कुरा थियो सोनुले आफ्नो अनुहारमा मास्क लगाएका थिएनन् ।

दर्शकले उनलाई यहि बिषयमा सामाजिक दुरीको पालना नगरेको मास्क नलगाएको भन्दै खिल्ली उडाएका थिए । सोनु निगमले पनि आफ्नो सामाजिक सञ्जाल ट्विटरमा जस्ता लाई त्यस्तै भाषामा जवाफ दिने बताएका छन् ।

उनले यो पनि लेखेका छन् कि रक्तदानका बेला मास्क लाउन मनाही छ । यो ट्विट अहिले भाईरल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर