पल शाहलाई राखिएको जेल भित्र उनीसँगै बस्छन् अन्य २० जना कैदी पनि — OSNepal

पल शाहलाई राखिएको जेल भित्र उनीसँगै बस्छन् अन्य २० जना कैदी पनि

LC (KTM) March 28, 2022 0

काठमाडौं । नाबालिक माथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह यति बेला तनहुँ जिल्ला कारागारको नयाँ भवनमा बसिरहेका छन् ।

शाह बस्ने नयाँ भवनको बी ब्लकमा २० जना मात्रै कैदी बन्दी बस्दै आएका छन् । माथिल्लो तल्लामा सुत्ने र बस्ने व्यवस्था छ, भने तल्लो तलामा खाना खाने व्यस्था रहेको छ ।

का/fगार बसेको तिन दिन भएको शाहका दैनिकी धेरै भेटघाटमै बितिरहेको छ । पढ्नको लागि लाइब्रेरी समेत रहेको छ क्यारम बोर्ड चेस खेल्ने सुविधा पनि ब्लक भित्र रहेको छ ।

शाहले भेटघाट पछि बाँकी रहेको समयमा क्यारम बोर्ड खेल्ने गरेका छन् । उनलाई आफुले चिन्ने मात्रहरुलाई भेट्न पनि प्रशानले भनेको छ । शाहलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले निर्देशन दिएको छ ।

बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई ब ला त्का र मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । उनका म्यानेजर भने एक लाख धरौटीमा उसै दिन छुटिसकेका छन् । अब उनको थुनछेक बहस बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर