एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने — OSNepal

एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने

LC (KTM) March 30, 2022 0

काठमाडौं, १६ चैत-कतार विश्वकप–२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ । आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ ।एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए ।

अब, प्लेअफबाट एक टोलीको सम्भावना रहँन्छ । त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । एसियाबाट दुई समूहका तेस्रो स्थानमा रहने दुई उत्कृष्ट राष्ट्रले पहिलो चरणको प्लेअफ खेल्नेछन् ।जहाँ अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्नेछन् । खेल दोहामा ७ जुनमा हुनेछ । यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । जहाँ दक्षिण अमेरिकी छनोटको प्लेअफ टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यस खेल १३ अथवा १४ जुनमा दोहामै हुनेछ । दक्षिण अमेरिकी प्लेअफबाट पेरुले विश्वकप छनोटका लागि प्रयास गर्नेछ । यसको विजेता विश्वकपमा स्थान बनाउन सफल हुनेछ ।यसअघि एसिया छनोटको तेस्रो चरणमा रहेका १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए बाट इरान र कोरियाले स्थान बनाउँदा समूह बी बाट साउदी अरबीया र जापाले स्थान बनाए ।

तेस्रो चरणबाट इराक, सिरिया, लेवनान, ओमान, चिन र भियतनाम भने अगाडि बढ्न सकेनन् ।हालसम्म एसियाबाट दक्षिण कोरियाले ११ पटक विश्वकप खेलिसकेको छ । यस्तै जापानले ७ पटक विश्वकपमा सहभागीता जनाउँदा इरान र साउदी अरबले समान ६ पटक खेलेका छन् । यस्ता अष्ट्रेलियाले पाँच पटक खेल्दा उत्तर कोरियाले दुई पटक खेलेको छ ।

यस्तै इन्डोनेसिया, इजरायल, कुवेत, इराक, यूएई, चिन र कतारले समान एक एक पटक विश्वकपमा आफ्नो सहभागिता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर