मधेस प्रदेशसभाको बैठक स्थगित — OSNepal

मधेस प्रदेशसभाको बैठक स्थगित

LC (KTM) March 30, 2022 0

जनकपुर १६ चैत । मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक पर्ने गणपूरक सङ्ख्या उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

प्रदेशसभा सभामुख सरोजकुमार यादवले प्रदेशसभा सदस्य उपस्थित नभएपछि बैठक स्थगित भएको भन्दै बैठक बिहिबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

आवश्यक प्रदेशसभा सदस्य सहभागी नभएको भन्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले सुरुमा नै बैठक स्थिगित गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर