दमक गोल्डकपको उपाधीका लागि मनाङ र पुलिस भिड्ने पक्का — OSNepal

दमक गोल्डकपको उपाधीका लागि मनाङ र पुलिस भिड्ने पक्का

LC (KTM) March 30, 2022 0

झापाको दमकमा जारी दमक गोल्डकपको उपाधीका लागि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब बीच प्रतिष्पर्धा हुने पक्का भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा जित निकाल्दै पुलिस फाइनलमा पुगे संगै मनाङ संगको उपाधी भेट पक्का गरेको हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको पुलिसले गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास ग¥यो । तर, सफल हुन सकेन । बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर