मिल्स गोल्डकपको फाइनलमा प्रतिभा र साईनो भिड्दै — OSNepal

मिल्स गोल्डकपको फाइनलमा प्रतिभा र साईनो भिड्दै

LC (KTM) March 30, 2022 0

गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकेडेमी झापालाई ६ –१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो ।

जितको लागि गोलबजारका कुलदेव काकी, अलमान, संजिव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए । जितसँगै गोलबजारले शुक्रबार हुने फाइनल खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरसँगै प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफदेखि दबाफमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरि अग्रता लिएको थियो ।

खेल सुरु भएको तीन मिनेटमा गोलबजारले फल पाएपछि कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । गोलबजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै ७ औं मिनेटमा बिनु आलेले निकालिएको बल बिदेशी खेलाडी अलमानले हेड गरेको बलले जाली चुम्यो । पहिलो हाफमा दुई गोल भएपछि दबावमा परेको झापाले खेलको १३ औं मिनेटमा राजन धिमलले गोल फर्काए ।

पहिलो हाफको थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाति गोल भएपछि गोलबजारले ३–१ गोलले अग्रता लियो । गोलबजारका सन्जित कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकास तामाङले बल रोक्न खोज्दा गोलमा परिणत भयो । दोस्रो हाफदेखि एकपक्षिय खेल पस्किएको गोलबजारले खेलको ५० औं मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिएको पास बिदेशी खेलाडी अलमानले गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा नरेश राईले कर्नर साइटबाट निकालिदिएको क्रस पासलाई संजिव कार्की गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा गोलबजारका अलमानले गोल गरि टिमको जित सुनिचित गरेका थिए । खेलको ७० औं मिनेटमा गोलबजारका संजिक कार्की कडा प्रहार बाहिरयो । ७७ मिनेटमा झापाका राजन धिमालले प्रहार पोसमाथिबाट बाहिरायो । खेलको म्यान अफ द म्याच गोलबजारका तीन गोल गर्ने बिदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर