तिन एआइजीको बढुवा प्रकरणमा सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी — OSNepal

तिन एआइजीको बढुवा प्रकरणमा सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । सरकारले तीन जना डिआईजीलाई एआईजीमा बढुवा गरेको निणर्य विरुद्ध प्रहरीकै तिन जना डिआईजी सर्वोच्च अदालत जाने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीमा बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवा गर्ने निणर्य गरेको हो ।

यसको विरोधमा सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्च अदालत जान लागेका हुन् ।

आफु भन्दा जुनियर डिआईजीहरुलाई बढुवा गरेको भन्दै उनीहरु सर्वोच्च जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर