दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ : विप्लव — OSNepal

दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ : विप्लव

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी परियोजना एमसीसी लागु नहुने दावी गरेका छन् ।

बिहिबार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चलेको बताएका उनले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताएका छन् ।

उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’

यसैगरी अब एमसीसीको विरुद्ध मोर्चा बनाएर लड्नुपर्ने बताएका उनले संसदको स्वीकृतिले एमसीसी लागू गर्न नसकिने बताएका छन् ।

‘दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर