कप्तान लामिछाने द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा — OSNepal

कप्तान लामिछाने द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा

LC (KTM) March 31, 2022 0

नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्न सफल भएका छन् ।द हन्ड्रेडले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीपले स्थान बनाएका हुन् । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।

ड्राफ्टमा २ सय ८४ विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । सन्दीप द हन्ड्रेडमा करिब ८१ लाख नेपाली रुपैयामा ड्राफ्टमा परेका हुन् ।१७ स्लटमा खेलाडीलाई मूल्य अनुसार छुट्याइएको छ । ड्राफ्ट अप्रिल ४ मा हुनेछ । यसअघि सन्दीपले भिसाको समस्या परेपछि द हन्ड्रेड गुमाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर