निषेधाज्ञालाई थप कडाइ गरिदै — OSNepal

निषेधाज्ञालाई थप कडाइ गरिदै

LC (KTM) May 11, 2021 0

हेटौँडा- प्रदेश राजधानी हेटौँडामा यसअगावै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

निर्माणजन्य सामग्री ढुवानी गर्ने सवारी साधन मर्मत गर्ने सबै वर्कसप दैनिकरूपमा बिहान १० देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्ष भत्ता सम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित व्यक्तिको घरमै गई वितरण गर्ने व्यवस्था मिलाउने र अनधिकृत होल्ड गरिएका अक्सिजन सिलिण्डरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर