दुर्गा प्रसाईमाथि दिपशिखाको टिप्पणी : प्रसाई जि, मानसिक सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन : दीपशिखा- — OSNepal

दुर्गा प्रसाईमाथि दिपशिखाको टिप्पणी : प्रसाई जि, मानसिक सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन : दीपशिखा-

LC (KTM) April 01, 2022 0

काठमाडौं१८ चैत । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गाप्रसाइँलाई मानसिक सन्तुलन ठिक नभएको भन्दै कडा टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन गुमेको भन्दै उनले टिप्पणी गरेका हुन् । प्रसाईँले बुधबार भक्तपुरमा तरकारी बजार उद्घाटन गर्दैै आगामी निर्वाचनमा माओवादी र नेकपा ९एस०ले उक सिछ मात्र ल्याए आफ्नो सबै सम्पति उनीहरुलाई दिएर आफु वृन्दावन जाने बताएका छन् ।

सो विषयलाई लिएर आक्राशित बनेका दिपशिखाले ‘प्रसाई जि, हामीले मुख खोल्नपर्ने हो? सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन !’ भन्दै सामाजिक सञ्जालमा भनेका छन् ।

२०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला आफुहरुले हेरेको बताएका उनले हॅासो लजाएर लाज मर्नु भा’को छ भन्दै प्रसाईमाथि टिप्पणी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार भक्तपुरमा तरकारी बजार उद्घाटन गर्दैै २२ हजार पार्टी प्रवेश गराउन लागिएको बताएपछि नेता दिपशिखाले भने , अ‍ॅ हामीले २०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला हेर्यौं ! हॅासो लजाएर लाज मर्नु भा’को छ

सामाजिक सञ्जालमा दिपशिखाले भनेका छन्, नेकपा (माओवादी केन्द्र) ले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन कसरी ठिक होस् त !

प्रसाई जि, हामीले मुख खोल्नपर्ने हो ? सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन !

अ‍ॅ हामीले २०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला हेर्यौं !हॅासो लजाएर लाज मर्नु भा’को छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर