प्रचण्ड नेपालमाथि खनिए लेखक संग्रौला : चुनावमा एकाध सिट बढी जितेर एक पित्को भए पनि सत्ताको तर मार्ने हेतुले नाकै टेक्नु भन्दा ढलमै किन नटेक्ने — OSNepal

प्रचण्ड नेपालमाथि खनिए लेखक संग्रौला : चुनावमा एकाध सिट बढी जितेर एक पित्को भए पनि सत्ताको तर मार्ने हेतुले नाकै टेक्नु भन्दा ढलमै किन नटेक्ने

LC (KTM) April 01, 2022 0

काठमाडौ १८ चैत । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमाथि कडा आलोचना गरेका छन् ।

स्थानीय तह निर्वाचनमा गठवन्धनले आफुलाई भाग नदिए एमालेसँग गठबन्धन गर्ने ध्वाँस दिएको भन्दै लेखक संग्रौलाले प्रचण्ड नेपालमाथि आलोचना गरेका हुन् ।

उनले समाजिक सञ्जालमा भनेका छन् , ‘माकेका पुकदाले चुनावी गठबन्धनले आफूलाई भुँडे भाग नदिए ओली सरकारको बयलगाडे जुवाका नारिएर एमालेसँग गठबन्धन गर्ने ध्वाँस दिएछन्।अनि राप्रपा कमल-लिङ्देनसँग नि कमरेडरुचुनावमा एकाध सिट बढी जितेर एक पित्को भए पनि सत्ताको तर मार्ने हेतुले नाकै टेक्नु छ त ढलमै किन नटेक्ने कँण?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर