बाँस्कोटाको प्रश्न : आज देशको सबैभन्दा ठूलो पार्टी एमाले चुनाव पछि कसरी दोस्रो हुन्छ ? यो कहाँको गणित हो ? — OSNepal

बाँस्कोटाको प्रश्न : आज देशको सबैभन्दा ठूलो पार्टी एमाले चुनाव पछि कसरी दोस्रो हुन्छ ? यो कहाँको गणित हो ?

LC (KTM) April 01, 2022 0

काठमाडौं १८ चैत । नेकपा एमालेका नेता पुर्व मन्त्री गोकुल बाँस्कोटा ले अहिले पहिलो नम्बरमा भएको नेकपा एमाले चुनाव पछि कसरी दोस्रो हुन्छ भन्दै प्रश्न गरेका छन् ।

बिहिबार राति एक कार्यक्रममा नेता बाँस्कोटाले आज देशको सबैभन्दा ठूलो पार्टी कुन हो त ? एमाले हो नि, अनि आजै पहिलो रहेको पार्टी भोलि चुनावपछि दोस्रो हुन्छ त? कहाँको गणित हो भन्दै प्रश्न गरेका छन् ।

स्थानीय तह नजिकिँदै गर्दा एमालेमा माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताहरु आउने क्रम जारी रहेको बताएका उनले निर्वाचनमा कुनै पनि प्रकारको धाँधली एमालेलाई स्विकार्य नहुने जिकिर गरेका छन् ।

एमाले जनता बिच आफ्नो एजेण्डा लिएर जाने भएकाले जनताले भोट दिने विश्वास भएको बताएका छन् । जनताको पक्षमा एमालेले धेरै काम गरेको उनको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर