‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’; ५० हजार जित्ने मौका — OSNepal

‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’; ५० हजार जित्ने मौका

LC (KTM) April 01, 2022 0

खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजीमा हिँडेको छ जस् अन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन्।

‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ।

पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर