प्रधानमन्त्री देउवालाई स्वागत गर्न दिल्लीमा यस्तो बन्यो स्वागत द्वार — OSNepal

प्रधानमन्त्री देउवालाई स्वागत गर्न दिल्लीमा यस्तो बन्यो स्वागत द्वार

LC (KTM) April 01, 2022 0

काठमाडौं १८ चैत । तिन दिने औपचारिक भारत भ्रमणमा गएका प्रधानमन्त्री शरबहादुर देउवाको स्वागतको लागि भारत स्थित नयाँ दिल्लीमा द्वार समेत तयार पारिएको छ ।

आज नयाँ दिल्ली पुगेका देउवालाई स्वागत गर्न भारत सरकारको नेतृत्व गरिहेको भारतीय जनता पार्टी भाजपाले स्वागतद्वार तयार गरेको हो ।

आजै देउवाले भाजपा अध्यक्ष जेपी नड्डालाई पार्टी कार्यालयमा ने भेट्ने कार्यक्रम रहेको छ ।

प्रवेशद्धारमा नेपालको सम्मानित प्रधानमन्त्री श्री शेर बहादुर देउवाजीको हार्दिक अभिनन्दन लेखिएको छ ।

त्यस्तै, द्वारको दाया बायाँ देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर