माओवादीले तय गर्यो उम्मेद्‍वारका लागि ६ मापदण्ड, पहिलेकालाई नदोहोर्‍याउने — OSNepal

माओवादीले तय गर्यो उम्मेद्‍वारका लागि ६ मापदण्ड, पहिलेकालाई नदोहोर्‍याउने

LC (KTM) April 01, 2022 0

काठमाडौ १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहको मापदण्ड तग गरेको छ ।

पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने भएको माओवादीले ६ बुँदे मापदण्ड सिफारिस तय गरेको हो ।

आज शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने जानकारी गराएको छ ।

स्वच्छ छवि भएको हुनुपर्ने , विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने तथा समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

यस्ता छन् मापदण्डः

१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने

२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने

३. स्वच्छ छवि भएको हुनुपर्ने

४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने

५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने

६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर