रिलिज भएको २४ घण्टामै सलमान र दिशा पटानीको ‘सिटी मार ले बोलको गीले तोड्यो रेकर्ड — OSNepal

रिलिज भएको २४ घण्टामै सलमान र दिशा पटानीको ‘सिटी मार ले बोलको गीले तोड्यो रेकर्ड

LC (KTM) May 11, 2021 0

मुम्बई – ‘राधे स् योर मोस्ट वान्टेड भाइ’ को डान्स नम्बर सिटी मार’ २६ अप्रिलमा रिलिज गरिएको थियो। सलमान खान र दिशा पटानीका प्रशंसकको अपेक्षाअनुसार गीतले सबैको मन जितेको छ। दर्शकले एक वर्षभन्दा पहिलेदेखि सलमानको फिल्मको प्रतीक्षा गरिरहेका थिए। फिल्मको ट्रेलर र पहिलो गीतको पनि प्रतीक्षामा थियो।

आकर्षक बिट्स, सलमान र दिशाको सेन्सेसनल केमिस्ट्री अनि मस्तीले भरिएको डान्स मुभमेन्टका कारण ‘सिटी मार’ लेबाट दर्शकले निकै मनोरञ्जन गरे। दर्शकको प्रतिक्रियासँगै रिलिजको २४ घण्टामै धेरै रेकर्ड तोडेको थियो। गीतले सबै प्लेटफर्ममा३० मिलियन भ्युज पार गरेको थियो। २४ घण्टामा दुनियाँभरमाधेरै हेरिएको गीत बन्न सफल भएको छ।

रिलिजको केही समयमा यो गीत ट्विटरमापहिलो नम्बरमा राज गरिरहेको छ।अन्नपुर्ण पोष्टमा खबर छ । यसका साथै छोटो समयमा ‘सिटी मार’ युट्युबमादुई लाख लाइक पाउने पहिलो बलिउड गीत बनेको छ। गीतमा कमाल खान र इयुलिया वन्तुरले स्वर दिएका छन्। शब्वीर अहमदलेशब्द लेखेका हुन् भने देवी श्रीप्रसाद ९डीएसपी० ले संगीत भरेका छन्। शेख जानी बासाले कोरियोग्राफी गरेका हुन्।

सलमान खानसँगै फिल्ममा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन्। ‘राधे स् योर मोस्ट वान्टेड भाइ’सलमान खान फिल्म्सले जी स्टुडियोसँगमिलेर निर्माण गरेका हुन्। फिल्म यो वर्षको इद १३ मेमा रिलिज हुनेछ। (एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर