आइपीएल: गुजरात र राजस्थानको जित — OSNepal

आइपीएल: गुजरात र राजस्थानको जित

LC (KTM) April 03, 2022 0

काठमाडौं, २० चैत – इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन् ।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो ।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । ललित यादjले २५, रोभमन पावेलले २० बनाए । गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए ।

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेकाे छ । १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।

मुम्बईका तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे । राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो । राजस्थानका जोस बट्लरले १०० रन बनाए । सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे ।

मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान समान ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर