रेड पाण्डाको छाला सहित २३ वर्षीय अमर पक्राउ — OSNepal

रेड पाण्डाको छाला सहित २३ वर्षीय अमर पक्राउ

LC (KTM) June 09, 2021 0

कैलाली, २६ जेठ। गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त बनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धामीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर