भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहालको पुनः उम्मेदवारी — OSNepal

भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहालको पुनः उम्मेदवारी

LC (KTM) April 04, 2022 0

काठमाडौं २१ चैत । चितवनमा आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठवन्धन दलहरुबिच चुनावी तालमेल हुने भएको छ ।सोमबार जिल्लाको सत्ता गठवन्धहरु बिच बसेको संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

काँग्रेस जिल्ला सभापति राजेश्वर गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै ७ वटै तहमा गठबन्धन गर्ने निर्णय गरेको हो । यो निणर्य सँगै भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल पुनः उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।

गठबन्धन सहभागी दलबीच गठबन्धनको मर्म र भावनाअनुरुप एक आपसमा सम्मान र हार्दिकता विकास गर्दै संयुक्त स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गरिएको बैठक पछि जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा विज्ञप्तिमा काँग्रेस सभापति खनाल, माओवादी केन्द्रका संयोजक अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज केष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा अध्यक्ष डम्बर गिरीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर