ज्वाला बलिरहने दैलेखको प्रसिद्ध तीर्थस्थल नाभिस्थान मन्दिर निर्माण हुँदै — OSNepal

ज्वाला बलिरहने दैलेखको प्रसिद्ध तीर्थस्थल नाभिस्थान मन्दिर निर्माण हुँदै

LC (KTM) June 09, 2021 0

दैलेख- दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाभिस्थान मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख विनियोजन भएपछि मन्दिर पुनःनिर्माण हुन लागेको हो । निषेधाज्ञाका समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ । लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्वको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला पुनः बनाउन लागेको देख्दा निकै खुशी लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण सम्पन्न गरिने पनि उहाँले बताउनुभयो । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको र सोहीअनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ ।

इस्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गत श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियाँैदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर