बेलायतमा स्थापित संस्था प्रतिभा नक्षत्रको अध्यक्षमा सिमी पुन — OSNepal

बेलायतमा स्थापित संस्था प्रतिभा नक्षत्रको अध्यक्षमा सिमी पुन

LC (KTM) April 04, 2022 0

काठमाडौँ । सिमी पुनको अघ्यक्षतामा प्रतिभा नक्षत्रको दोस्रो ‌महाधिवेसन बेलायतमा सम्पन्न भएको छ । बरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथी तथा बरिष्ठ गायक किरण प्रधानको जुममार्फत प्रमुख विशेष अतिथीका रुपमा सहभागिता रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

सो अवसरमा संस्थाका प्रमुख ‌संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको उदेश्य तथा यसका बिषयमा बोलेका थिए । अध्यक्ष पुन कुनै समयकी चर्चित मोडल हुन् । उनले केही चल्तिका भिडियोहरु तथा विज्ञापनहरुमा काम गरिसकेकी छिन् । पछिल्लो समय बेलायतमा रहेर पनि कलाकारिता तथा समाजिक अभियन्ताको रुपमा पुनले आँफुलाई स्थापित गरेकी छिन् ।

महाधिवेशनको दोस्रो सत्र निर्वाचन कमिटीका पदाधिकारीहरु हरिकुमार ‌मल्ल , प्रसिद्ध प्रधान, श्री भक्त खनालको टिमले निर्वाचन प्रक्रिया, नयाँ कार्यसमिति घोषणा , साथै सर्वसम्मत निर्वाचित कमिटीलाइ पद तथा गोपनियताको सपथ गराएर , सत्र सम्पन्न गरेका थिए ।

आगामी कार्यकालको लागि पुन , अध्यक्ष सिम्मि पुन , उपाध्यक्षमा द्वय लक्ष्मण गुरुङ , लिलादेवि गुरुङ , महासचिवमा निकोलस अलेखजेन्डर हाडजियानिस , सह महासचिवमा सन्तोष कार्की , कोषाध्यक्षमा बिजया दाहाल भन्डारी , साथै सदस्यहरुमा क्रमश स् सुर्य बिक्रम के सी, मेरिना श्रेष्ठ, राजेन्द्र खस, मिली राइ, बसन्ती राना, गहेन्द्रमान श्रेष्ठ, दिर्घ के सी, रेशम बस्याल, प्रमोद ‌अधिकारी‌ चुनिएका छन । त्यस्तै बाँकी रिक्त रहेका सदस्य पदहरु आउने कार्यसमितिको बैठकले निर्णय लिने बताइएको छ ।

सन २०१७ देखि हरेक बर्ष प्रतिभा नक्षत्रले एउटा मुख्य कार्यक्रम नेपाली भाषा, मौलिक कला संस्कृति, साहित्य , संगितलाई बिदेशमा चिनाउने साथै बेलायतमा रहेका अन्य समुदायहरुसँग हातेमालो गर्ने उद्देश्य राखेको भएता पनि कोरोना महामारीका कारण गत वर्ष गर्न सकेन ।

तर महामारीको अन्त्यसँगै प्रतिभा नक्षत्र एकाडेमीको अबधारणा सहित आफनै कार्यकक्षबाटै बिभिन्न कार्यक्रम जस्तै योगा, शारीरिक व्यायमको कार्यक्रम थालेको‌ छ । प्रतिभा नक्षत्रले बाल बच्चहरुलाइ लक्षित गरेर पनि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर