पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलायो , हेर्नुहोस् भिडियो — OSNepal

पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलायो , हेर्नुहोस् भिडियो

LC (KTM) April 04, 2022 0

पोखरा महानगरपालिकाले सडककोे मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर चलाएको छ । पोखरा वडा नम्बर १७ को विरौटा चोकदेखि तीनकुनेसम्म मापदण्ड मिचेर बनाइएका भौतिक संरचना भत्काएको हो । यसअघि नै उक्त क्षेत्रमा दर्जन घर भत्काइसकिएको थियो ।

महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट र कार्यालय भवन भत्काएको हो । महानगरले उक्त क्षेत्रमा २४ मिटरको सडक मापदण्ड कायम गरेको छ । यो मापदण्डमा २१ घर सार्वजनिक जग्गा मिचेर मापदण्ड विपरीत बनेको पाइएको छ ।

पहिले २६ मिटर चौडा सडक बनाउने योजना रहेकोमा यो मापदण्डमा ५६ घर भत्किने भएपछि २ मिटर घटाएर मापदण्ड तोकेको महानगरले जनाएको छ ।

मापदण्डभित्र परेको संरचना पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एक्साभेटर प्रयोग गरी भत्काएको हो । निजी सम्पतिमा पर्ने ठूला संरचना बाँकी रहेकाले अध्ययनपश्चात् काम अघि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement