आजबाट ३६ बर्षमा लागिन सुन्दरी नायिका सोनम कपुर — OSNepal

आजबाट ३६ बर्षमा लागिन सुन्दरी नायिका सोनम कपुर

LC (KTM) June 09, 2021 0

एजेन्सी- बलिउडकी चर्चीत सफल नायिका सोनाम कपुर आजबाट ३६ औं बर्षमा प्रवेश गरेकी छिन। उनले आफ्ना नजिकका केहि आफन्त साथीभाई एवम परिवारका साथमा जन्मदिन मनाईरहेकी छिन।

सोनमलाई जन्मदिनको सुभकामना दिईरहनेको ओइरो लागेको छ । उनि चलचित्रमा आउनु अघि शारीरिक तौल बढी भएकाले हिरोइन बन्नका लागि तौल घटाउनु पर्ने सुझाव भन्सालीले दिए पछि उनले २४ महिनाको अन्तरालमा ८० केजिको तौलमा ३५ केजी कम गरेकी हुन्।

सोनमको पहिलो डेब्यु चलचित्र ‘सावरिया’बाट फिल्म क्षेत्रमा प्रवेस गरेकी हुन् ।यस पश्चात उनले थुप्रै सफल चलचित्रहरुमा काम गरिसकेकी छिन। यसका साथै सोनम बलिउडमा फेशन क्विनका नामले समेत परिचित् छिन। उनले दुई वर्ष अघि प्रमी आनन्द आहुजासँग बिहे गरेकी हुन् ।

उनी विशेषगरि, आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । चलचित्र ‘नीरजा’मा काम गरेपछि सोनमको चर्चा बढेको थियो । बलिउडमा उनी फेसन क्वीनको रुपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर