आईपीएलमा बैंग्लोरको दोस्रो जित , राजस्थान ४ रनले पराजित — OSNepal

आईपीएलमा बैंग्लोरको दोस्रो जित , राजस्थान ४ रनले पराजित

LC (KTM) April 05, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित निकालेको छ । वान्खडे स्टेडियममा मंगलबार राति राजस्थान रोयल्सलाई ४ रनले हराउँदै बैंगलोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे ।कप्तान फाप डु प्लेसिसले २९ तथा अनुज रावतले २६ रन बनाए ।राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २-२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले ।शिम्रन हिटमायरले अविजित ४२ रन जोड्दा देबदुत पडिकलले ३७ रन बनाए ।बैंगलोरका डेभिड विलि,वानिन्दु हसरंगा डा सिल्भा र हर्सल पटेलले १-१ विकेट लिए । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर छैटौं स्थानमा रहेको छ । राजस्थान ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर